Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ‘मैले बिकिनी लगाउँदा ‘चिप’ अनि सुपरस्टारका छोरीहरुले लगाउँदा ‘ग्ल्यामर’ ?’

    ‘मैले बिकिनी लगाउँदा ‘चिप’ अनि सुपरस्टारका छोरीहरुले लगाउँदा ‘ग्ल्यामर’ ?’

    अनलाइन नेपाल
  • आइतबार, १७ असोज २०७८
  • 2.7K
    SHARES

    एजेन्सी । टिभी सेलिब्रेटी र बलिउड सेलिब्रटीबीच एक किसिमको विभेद रहेको छ। जसरी प्रशंसकहरुले बलिउड सेलिब्रटीलाई स्वागत गर्छन् त्यो किसिमको स्वागत टिभी सेलिब्रेटीले पाउँदैनन्।

    यसैबीच बिग बोस ओटीटीकी प्रतिस्पर्धी उर्फी जावेदले यस विषयमा मुख खोलेकी छिन्। उनी सामाजिक सञ्जालमा ठिकठाक फओअर्सहरु छन्। उर्फी विवाद र चर्चामा आइरहने सेलिब्रेटी हुन्।



    हालै उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा दुई तस्वीर राखेकी छिन्। एउटा तस्वीरमा स्टारकिड अर्थात सुपरस्टारको छोरी र अर्को आफ्नै। स्टारकिडको फोटोमा ग्ल्यामरस भनिएको छ भने उनको फोटोमा ‘तिमी छाला धेरै देखाउँछौं’ भनिएको छ।



    मानिसहरुको यो विभेद उनलाई मन परेको छैन। उर्फीले एक भिडियो नै जारी गर्दै यसको प्रतिवाद गरेकी छिन्। उनले मैले बिकिनी लगाउँदा चिप हुने अनि स्टारकिडले लगाउँदा ग्ल्यामर भन्दै प्रश्न गरेकी छिन्। यसअघि उर्फीले आफूले पब्लिसिटीका लागि यस्तो नगरेको बताएकी थिइन्। यदि पब्लिसिटी नै चाहिएको भए आफू नाङ्गै हिँड्ने उनले बताएकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार