Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • प्रहरी संगठन गतिशील भएको आईजीपी क्षेत्रीको दाबी

    प्रहरी संगठन गतिशील भएको आईजीपी क्षेत्रीको दाबी

    अनलाइन नेपाल
  • बुधबार, २० असोज २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले प्रहरी संगठन गतिशील भएको दाबी गरेका छन्।

    बुधबार ६६ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै आईजीपी क्षेत्रीले प्रहरी गतिशील संगठन भएको दाबी गर्दै समुचित कार्य बिशिष्टिकरण प्रहरीको ध्येय हुनुपर्ने चर्चा गरे ।



    समाजले प्रहरीबाट धेरै अपेक्षा र विश्वास गरेको बताउँदै आईजीपी क्षेत्रीले भने, ‘हाम्रो कर्मक्षेत्र पनि समाज र नागरिक नै हो । यो कर्तव्यबाट नत हामी विमुख हुन नै सक्छौ न समाजले हाम्रो बिकल्प नै खोज्न सक्छ । यो अनन्त : र अटुट सम्बन्धलाई प्रगाढ र विश्वसनीय बनाउनु हाम्रो व्यवसायिक धर्म हो ।’



    कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, महान्यायाधिवक्ता, प्रधान सेनापति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त, गृहसचिव, सुरक्षा निकायका प्रमुखहरु, पूर्व प्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकहरु, निजामती सेवा तथा सुरक्षा निकायका उच्चपदस्थ अधिकारीहरुहरुको उपस्थिति रहेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार