Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • अल्पमतको मन्त्री बनेर झण्डा हल्लाउँदै टीका थाप्न नजानुस् : पाण्डे

    अल्पमतको मन्त्री बनेर झण्डा हल्लाउँदै टीका थाप्न नजानुस् : पाण्डे

    अनलाइन नेपाल
  • आइतबार, २४ असोज २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    हेटौंडा । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले बागमती प्रदेशका मन्त्रीहरुको कडा आलोचना गरेका छन् ।

    आइतबार सभामुख सानुकुमार श्रेष्ठले १२ दिन प्रदेशसभा बैठक स्थगित गरेपछि आक्रोशित बनेका पाण्डे मन्त्रीहरुमाथि खनिएका हुन् ।



    प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश भए पनि सभामुख श्रेष्ठले छलफल नै नगरी १२ दिन प्रदेशसभा बैठक स्थगित गरका छन् ।



    सोही विषयलाई लिएर नेता पाण्डेले दशैंभरि मन्त्री हुन रहर गरेको भन्दै आलोचना गरेका हुन् । पाण्डेले मन्त्रीहरुलाई झण्डा हल्लाउँदै टीका थाप्न जाने रहर लागेको टिप्पणी गरे ।

    उनले भने–‘मन्त्रीज्यूहरुलाई झण्डा हल्लाएर टीका थाप्न जान रहर होला, तर अल्पमतको मन्त्री बनेर टीका थाप्न नजानुस् ।’

    बैठक स्थगित भएपछि बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावमा पनि दशैंपछि मात्र छलफल हुने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार