Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • महिलालाई भगाएको बिषयमा बसेको ‘पञ्चायती’ मा वडाध्यक्षको शासन, कुटपिटबाट दलित युवा गम्भीर घाइते

    महिलालाई भगाएको बिषयमा बसेको ‘पञ्चायती’ मा वडाध्यक्षको शासन, कुटपिटबाट दलित युवा गम्भीर घाइते

    अनलाइन नेपाल
  • मंगलबार, २६ असोज २०७८
  • 1.5K
    SHARES

    सप्तरी । जिल्लाको रुपनी गाउँपालिका–१ का वडादध्यक्ष पिताम्बर यादवको कुटाइबाट स्थानीय २५ बर्षीय दलित युवा गम्भीर घाइते भएका छन् । महिलालाई भगाएको बिषयमा बसेको ‘पञ्चायती’ मा वडा अध्यक्ष यादवले स्थानीय पुरुषोत्तम सदालाई मरन्नासन हुनेगरि कुटपिट गरेका हुन् ।

    वडा अध्यक्ष यादवले युवकलाई पञ्चायतीमा बोलाएर निर्घात कुटपिट गरेको स्थानीयले बताएका छन् । वडा अध्यक्षसहितका पाँच जनाको समूहले युवकलाई मरनासन्न हुनेगरी कुटपिट गरेको स्थानीय राजु जयसवालले बताए । कुटपिटबाट युवक गम्भीर घाइते भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।



    घटनास्थलमा प्रहरी पुग्दा सबैजना भागेको जयसवालले जानकारी दिए । घाइते युवकको राजविराजको गजेन्द्रनारायण सगरमाथा अञ्चल अस्पताल उपचार भईरहेको छ ।



    सप्तरीका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद काफ्लेले पनि घटनाबारे प्रहरीलाई जानकारी आएको बताए । उनले पीडितबाट जाहेरी आइनसकेको बताउँदै जाहेरी आउन साथ घटनामा संलग्नहरूमाथि कारबाही हुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार