Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आईपीएल: उपाधिका लागि केकेआर र चेन्नई भिड्दै

    आईपीएल: उपाधिका लागि केकेआर र चेन्नई भिड्दै

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असोज २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) २०२१ को उपाधिका लागि आज कोलकता नाइट राइडर्स (केकेआर) र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे दुबईमा हुँदैछ ।

    चेन्नईको महेन्द्रसिंह धोनी र कोलकताको इओन मोर्गनले कप्तानी गर्नेछन्।  विश्वकप च्याम्पियन यी दुई कप्तानबीचको भिडन्त प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।



    क्वालिफायरमा चेन्नईले शीर्षस्थानको दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । कोलकताले अन्तिम चारमा रहेर एलिमिनेटर खेलेको थियो ।



    एलिमिनेटरमा कोलकताले रोयल च्यालेन्जर्स बेंगलोरलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा दिल्लीलाई ३ विकेटले पराजित गरेको थियो ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार