Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • फाइनलपछि नेपाल आउँदिन भनेका प्रशिक्षक अल्मुताइरीले एकाएक किन देखाए फर्किने संकेत

    फाइनलपछि नेपाल आउँदिन भनेका प्रशिक्षक अल्मुताइरीले एकाएक किन देखाए फर्किने संकेत

    अनलाइन नेपाल
  • आइतबार, ३१ असोज २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल फर्किन सक्ने संकेत गरेका छन् । यसअघि फाइनल नै आफ्नो अन्तिम खेल हुने बताएका मुख्य प्रशिक्षक अल्मुताइरीले नेपाल फर्किने वा नफर्किने भन्नेबारे निश्चित नरहेको प्रतिक्रिया दिएका हुन् ।

    नेपाललाई ऐतिहासिकरुपमा साफ च्याम्पियनसिपको फाइनलसम्म पुर्याएका अल्मुताइरीले आफू नेपाल नफर्किने र साफ च्याम्पियनसिपको फाइनल नै नेपालबाट आफ्नो अन्तिम खेल हुने बताएका थिए ।



    शनिबार राति माल्दिभ्सको मालेमा भएको फाइनलमा नेपाल भारतसँग ३–० गोलको नतिजामा पराजित भएपछि प्रशिक्षक अल्मुताइरीले पत्रकारसँग कुरा गर्दै भविष्य अझै अनिश्चित गरेको प्रतिक्रिया दिएका हुन् ।



    उनले भने–‘भविष्यको बारेमा थाहा छैन, हेरौं के हुन्छ अहिले मलाई एकदमै आवश्यक कुरा भनेको आराम हो । मलाई धरै आराम चाहिएको छ ।’

    पछिल्लो ६ महिनादेखि धेरै पसिना बगाएको बताउँदै अल्मुताइरीले यो अवधि आफ्ना लागि एकदमै कठिन रहेको सुनाए । उनले भने–‘कम्तिमा पनि एक–दुई हप्ता आराम गरेर के गर्दा राम्रो हुन्छ भन्ने सोच्छु । भविष्य के हुन्छ भन्ने विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि के के गर्छ । नेपाली समर्थकका लागि एउटा ठूलो सरप्राइज हुनसक्छ ।’

    नेपालले शनिबार भएको फाइनल हारे पनि आफू माफी नमाग्ने बताउँदै उनले भने–‘आज हामी फाइनलको अनुभव नभएर हार्यौ । जब फाइनलमा एक मिनेटमा टीमले दुई गोल खान्छ, त्यो एकदमै कठिन हुन्छ । तर त्यसपछि हामीले दुई डिफेन्डरलाई बाहिर निकालेर आक्रामक फुटबल खेल्यौं ।’

    ‘यदि नेपालीले साँच्चै नेपाली फुटबल टोलीलाई माया गर्छन् भने १८ अक्टोबरमा विमानस्थलमा गएर समर्थन गर्न आग्रह गर्छु । यो स्तरमा राम्रो प्रदर्शनलाई निरन्तरता दिनका लागि उनीहरुलाई माया गर्नु समर्थन गर्नु आवश्यक छ ।’ उनले थप भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार