Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • म नोकर होइन, प्रशिक्षक हुँ, फाइनलपछि कहिल्यै नेपाल फर्किने छैन : अल्मुताइरीले

    म नोकर होइन, प्रशिक्षक हुँ, फाइनलपछि कहिल्यै नेपाल फर्किने छैन : अल्मुताइरीले

    अनलाइन नेपाल
  • बुधबार, २७ असोज २०७८
  • 3.3K
    SHARES

    काठमाडौं । नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्याएका नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलुताइरीले फाइनलपछि आफू नेपालमा नबस्ने बताएका छन् ।

    आज माल्दिप्सको राजधानीमा मालेमा भएको बंगलादेश विरुद्धको खेलमा एक–एक गोलको बराबरी खेल्दै पहिलो पटक फाइनल यात्रा तय गरेको थियो ।



    खेलपछि पत्रकार सम्मेलनमा बोल्दै अब्दुल्लाले आफू नेपालमा थप नबस्ने बताएका हुन् ।



    प्रेस मिटमा आक्रामक भएर प्रस्तुत भएका उनले आफ्नो धेरै आलोचना भएकोमा नेपाली मिडियाको आलोचना पनि गरे । उनले भने–‘मैले यसअघि नै राजीनामा दिइसकेको छु । फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ । फाइनलपछि म नेपाल फर्कने पनि छैन ।’

    प्रशिक्षक अल्मुताइरीले पछिल्लो तीन दिन आफूले केही नखाएको र सुत्न समेत नसकेको बताए । यी तीन दिन मैले धेरै तनावमा गुजारे ।’ तर उनले जितमा आफू खुसी रहेको पनि बताए ।

    आजको खेलको विश्लेषण गर्र्दै उनले भने–‘बंगलादेशी गोलरक्षकले रातो कार्ड खाएपछि टिम १० खेलाडीमा सीमित भयो र खेल हाम्रो पक्षमा मोडियो । म बंगलादेशी गोलरक्षकलाई धन्यवाद दिन चाहन्छु, किनभने उनले मलाई अहिले तत्काल विश्वकै सबैभन्दा खुसी मान्छे बनाएका छन् । म उनीप्रति आभारी छु ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार