Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेपालबाट भारतमा गएर चोरी, रातारात जेलबाट फरार नेपाली चरेससहित पक्राउ

    नेपालबाट भारतमा गएर चोरी, रातारात जेलबाट फरार नेपाली चरेससहित पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १ कार्तिक २०७८
  • 2.5K
    SHARES

    एजेन्सी – भारतीय प्रहरीले एक नेपालीलाई चोरीको आरोपमा पक्राउ गरेको छ। उत्तर प्रदेशको महाराजगंज जिल्लामा ११ महिना पहिले जेलबाट फरार भएका नेपाली पक्राउ परेका हुन्।

    आरोपी चोरमाथि २० हजार रुपैयाँको इनाम पनि राखिएको थियो। पक्राउ पर्नेमा मुसम्मी राजमन रहेका छन्। उनी नेपाली नागरिक भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। उनी भारतमा चोरी गर्दै नेपाल आउने र केही समयपछि पुनः उतै गएर चोरी गर्ने गर्दै आएका थिए।



    भारतीय प्रहरीले उनको साथबाट डेढ किलो चरेस पनि बरामद गरेको छ। विशेष सुचनाको आधारमा उनलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको त्यहाँको प्रहरीले जानकारी दिएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार