Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • जलाधार व्यवस्थापन अधिकृत एक लाख २० हजार घुससहित पक्राउ

    जलाधार व्यवस्थापन अधिकृत एक लाख २० हजार घुससहित पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ५ बैशाख २०८१
  • 420
    SHARES

    काठमाडौं । कैलालीस्थित राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत घुस रकमसहित पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय, नेपालञ्जबाट खटिई गएको टोलीले अधिकृत प्रभात पाललाई एक लाख २० हजार घुससहित पक्राउ गरेको हो ।



    साथै उनको साथबाट श्रोत नखुलेको एक हजार पाँच रुपैयाँ पनि भेटिएको थियो ।



    अधिकृत पालले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको टोली खटिएको थियो ।

    बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ बाट उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार