Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सडकमा गुडिरहेका दुई सवारीसाधन आपसमा ठोक्किँदा १२ जनाको मृत्यु

    सडकमा गुडिरहेका दुई सवारीसाधन आपसमा ठोक्किँदा १२ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ४ कार्तिक २०७८
  • 3.4K
    SHARES

    file photo

    एजेन्सी । बोलिभियाको लापाजमा सावरी दुर्घटनामा परी कम्तीमा पनि १२ जनाको मृत्यु भएको छ ।

    सडकमा गुडिरहेका दुई सवारी साधन आपसमा ठोक्किँदा यो दुर्घटनामा भएको बताइएको छ ।



    बोलिभियाको लापाजनजिकैको हाउनी नगरको सडकमा सो दुर्घटना भएको बताइएको छ ।



    दुर्घटनामा परी ज्यान जानेमा यहाँको खानीमा काम गर्ने मजदुरका तीन जना नेता पनि परेका छन् ।

    मजदुरसम्बन्धी कार्यक्रममा पुगेर फर्किने क्रममा सो दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।

    प्रहरीले दुई सवारी साधन एक आपसमा ठोक्किन पुग्दा सो दुर्घटना भएको बताएको छ । यसक्रममा अरु दुई जना नराम्ररी घाइते भएका छन् । घाइते भएकाहरुलाई अस्पताल पुर्याइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार