Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • राजेन्द्र पाण्डे बागमतीको मुख्यमन्त्री बन्दै, आजै मन्त्रिपरिषद विस्तारको तयारी

    राजेन्द्र पाण्डे बागमतीको मुख्यमन्त्री बन्दै, आजै मन्त्रिपरिषद विस्तारको तयारी

    अनलाइन नेपाल
  • बिहिबार, ११ कार्तिक २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    हेटौँडा । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे नियुक्त हुँदैछन्। अल्पमतमा परेकी अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि पाण्डले पदमा आफ्नो दाबी पेश गरेका थिए।

    उनले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्दैछन्। नेकपा एमाले विभाजन भएपछि १३ जना प्रदेशसभा सदस्यले एकीकृत समाजवादी पार्टी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी थिइन्।



    कांग्रेस, माओवादी र जसपाका गरी ५९ सांसदहरूको समर्थनमा पाण्डेले हिजो नै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। उनले आज दिउँसो सवा तीन बजे पद तथा गोपनियताको शपथ ग्रहण गर्ने कार्यक्रम छ।



    उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) संसदीय दलका उपनेताहरुले मन्त्रालय सम्हाल्ने तयारी गरेको बताइएको छ। कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी केन्द्रकी उपनेता कुमारी मोक्तान र नेकपा एकीकृत समाजवादीका उपनेता कृष्ण खनाल मन्त्री बन्ने लगभग पक्का भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार