Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • हृदयघातका कारण चर्चित साउथ स्टार ‘अप्पु’को निधन

    हृदयघातका कारण चर्चित साउथ स्टार ‘अप्पु’को निधन

    अनलाइन नेपाल
  • शुक्रबार, १२ कार्तिक २०७८
  • 1.6K
    SHARES

    एजेन्सी । साउथ इण्डियन क्षेत्रका चर्चित स्टार पुनीत राजकुमार ‘अप्पु’को निधन भएको छ।

    भारतीय मिडियाहरुका अनुसार स्वास्थ्यमा अचानक समस्या आएपछि बेन्ग्लुरुको विक्रम अस्पतालमा भर्ना भएका पुनीतको आज बिहान निधन भएको हो। अस्पतालका अनुसार उनको हृदयघातका कारण निधन भएको हो।



    अस्पतालमा भर्ना भएसँगै पुनीतको स्वास्थ्य लाभको कामना गर्दै फ्यानहरु अस्पताल परिसरमा पुगेका थिए  ।



    समाचारका अनुसार उनले २९ भन्दा बढी कन्नड चलचित्रमा काम गरेका छन् । उनको ४६ बर्षको उमेरमा निधन भएको मिडियाले उल्लेख गरेका छन् ।

    उनले ‘अप्पु, अभी, भिरा कन्नडिगा, आकाश, अजय, अर्सु, मिलाना, भाम्सी, राम, ज्याकी, हुडगुरु’ लगायतका चलचित्रमा अभिनय गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार