Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • गिर्जाघरको अगाडि अश्लील हर्कत गर्ने एक जोडीलाई १० महिनाको जेल सजाय

    गिर्जाघरको अगाडि अश्लील हर्कत गर्ने एक जोडीलाई १० महिनाको जेल सजाय

    अनलाइन नेपाल
  • आइतबार, १४ कार्तिक २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । ताजिकिस्तानी अनलाइन प्रयांक स्टार रुस्लान मुरोद्झोंजोटा र उनकी गर्लफ्रेण्डलाई अश्लील हर्कत गरेको आरोपमा जेल सजाय सुनाइएको छ ।

    उनीहरुलाई रुसको एक धार्मिक स्थलको अगाडि अश्लील हर्कत गरेको आरोपमा जेलमा हालिएको समाचारमा उल्लेख गरिएको  छ ।



    प्राप्त समाचारका अनुसर उनीहरुलाई १० महिनाको लागि जेलमा हालिएको छ ।



    सामाजिक संजालमा रुस्लान मुरोद्झोंजोडाबाट परिचित रुस्लान बोबियेभले  रेड स्क्वायरमा सेन्ट बेसिल चर्चअगाडि अश्लील प्रयांक भिडियो बनाएका थिए । यस क्रममा उनकी गर्लफ्रेण्डले पुलिस ज्याकेट लगाएकी थिइन् ।

    उनले विश्वप्रसिद्ध गिर्जाघरको अगाडि रुस्लानकी प्रेमिका अनास्तासिया चिस्तोभाले घुडा टेकेर एक्ट गरेको नाटक गरिरहेकी थिइन् ।

    यो मामिलामा मस्कोको टावर्सकोइ जिल्ला अदालतले दुवैलाई इन्स्टाग्राममा माफी माग्नुका बावजुद धार्मिक भावनालाई ठेस पुर्याएको दोषी मानेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार