Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न नेविसंघको माग

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न नेविसंघको माग

    अनलाइन नेपाल
  • आइतबार, १४ कार्तिक २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गरेको छ ।

    नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी चाडपर्व नजिकिएको समयमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिले थप असहज हुने भन्दै मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेका छन् ।



    “पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा ढुवानी खर्च वृद्धि भई बजारमा उपभोग्य वस्तुको समेत मूल्यवृद्धि हुने अवस्था सिर्जना भएकाले मूल्यवृद्धिको निर्णयप्रति खेद व्यक्त गर्दछौँ”, अध्यक्ष ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।



    नेविसङ्घका महामन्त्री दीपक भट्टराईले कोरोना महामारीले लामो समयदेखि अफ्ठ्यारो भइरहेको अवस्थामा जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने काम भएको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन आग्रह गरे ।

    नेविसङ्घले नेपाल आयल निगमभित्रको बेथिति, अनियमितता र भ्रष्टाचारलाई छानबिन र नियन्त्रण गर्न सरकासँग माग गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए नेविसङ्घले कडा आन्दोलन गर्ने जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार