Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • लिग वानमा पिएसजीको दबदबा कायमै, शीर्षस्थानमा १० अंकको अग्रता

    लिग वानमा पिएसजीको दबदबा कायमै, शीर्षस्थानमा १० अंकको अग्रता

    अनलाइन नेपाल
  • आइतबार, २१ कार्तिक २०७८
  • 2.3K
    SHARES

    एजेन्सी । फे्रन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पिएसजी)ले बोर्डेअक्सलाई पराजित गरेको छ। शनिबार राति भएको खेलमा पिएसजीले बोर्डेअक्सलाई ३–२ गोलले हराएको हो।

    बोर्डेअस्कको घरेलु मैदानमा भएको खेलको २६ औं मिनेटमा पिएसजीले शुरुवाती अग्रता बनाएको थियो। उसका लागि नेयमारले गोल गरेका थिए। खेलको ४३ औं मिनेटमा नेयमारले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।



    त्यस्तै दोस्रो हाफको ६३ औं मिनेटमा किलियन एमबाप्पेले गोल गर्दै पाहुना टोलीलाई ३–० गोलले अघि बढाए। अबलेर्थ इलिसले ७८ औं मिनेटमा घरेलु टोलीका लागि एक गोल फर्काए। इन्जुरी समयमा एमबाय नियङले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए।



    जितपछि अकंतालिकाको शीर्षस्थानमा रहेको पिएसजीले १० अंकको अग्रता बनाएको छ। १३ खेलबाट पिएसजीको ३४ अंक छ। दोस्रो स्थानमा रहेको लेन्सको समान खेलबाट २४ अंक छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार