Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोरोना भाइरस:

    ३०६ जनामा संक्रमण पुष्टि हुँदा ६ जनाको मृत्यु, ३४८ जना डिस्चार्ज

    ३०६ जनामा संक्रमण पुष्टि हुँदा ६ जनाको मृत्यु, ३४८ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • आइतबार, २८ कार्तिक २०७८
  • 1K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ सय ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने सोही अवधिमा ३४८ जना सङ्क्रमणमुक्त भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८०८ पीसीआर परीक्षणमा २९१ र १ हजार ५९८ एन्टिजेन परीक्षणमा १५ जना गरी ३०६ जनामा संक्रमण पुष्टि भएको हो ।



    पछिल्लो २४ घण्टामा जम्मा ९ हजार ६०६ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।



    यस्तै, मन्त्रालयका अनुसार हाल देशभर ७ हजार २१५ जना सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ ।

    त्यस्तै, कोरोना सङ्क्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । हालसम्म देशमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ४७७ को पुगेको छ ।

    देशभर थप १५ हजार ९०६ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार