Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • यी हुन् मन्त्रीपरिषद बैठकका ८ महत्त्वपूर्ण निर्णयहरु

    यी हुन् मन्त्रीपरिषद बैठकका ८ महत्त्वपूर्ण निर्णयहरु

    अनलाइन नेपाल
  • शुक्रबार, ३ मंसिर २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका निर्णयहरू सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गरेका छन् ।

    मन्त्री कार्कीले राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने निर्णय भएको जानकारी दिए । प्रवक्ता कार्कीले माघ १२ गते राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने निर्णय भएको बताए ।



    आगामी फागुन २१ गते राष्ट्रिय सभाका २० जना सदस्यको कार्यकाल सकिने भर्एको छ । तीमध्ये १९ जना निर्वाचित भएर आउने भएका छन् भने १ जनालाई सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछिन् ।



    राष्ट्रिसभा सदस्य पद रिक्त हुनु ३५ दिनअघि नै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । देउवा सरकारले भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको पक्षराष्ट्रको इजिप्टमा हुने नवौं सम्मेलनमा भाग लिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधि मण्डललाई पढाउने प्रस्ताव समेत स्वीकृत गरेको छ ।

    नायब महालेखा परीक्षकमा बाबुराम सुवेदी, सहमहालेखा नियन्त्रकमा उमाकान्त आचार्य र नेपाल चार्टर अकाउन्टेन्टस् संस्थाको पार्षद्मा बैकुण्ठबहादुर अधिकारीलाई मनोनयन गर्ने निर्णय पनि गरिएको छ ।

    मन्त्रिपरिषद् बैठकले एसियन–अफ्रिकन लिगल कन्सलटेटिभ अर्गनाइजेसनको ५९औं वार्षिक सभामा भाग लिन कानून, न्याय तथा संघीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू नेतृत्वको प्रतिनिधि मण्डललाई पठाउने प्रस्ताव समेत स्वीकृत गरेको प्रवक्ता कार्कीले बताए ।

    रक्षामन्त्री डा. मिनेन्द्रप्रसाद रिजाल नेतृत्वको प्रतिनिधि मण्डललाई दक्षिण कोरियामा हुने यूएन पिस किपिङ मिनिस्ट्रियल मिटिङमा भाग लिन पठाउने प्रस्ताव समेत स्वीकृत गरिएको छ ।

    मन्त्रिपरिषद् बैठकले मोरक्कोमा हुने इन्टरनेसनल एक्जुक्यूटिभ काउन्सिल अफ आईईसी सम्मेलनमा सिँचाइ सचिव सागरकुमार राईलाई सहभागी हुन स्वीकृति दिएको जनाइएको छ ।

    एसियाली विकास बैंकबाट प्राप्त हुने थप सहुलियतपूर्ण ऋण सहायता अमेरिकी डलर ६० मिलियन स्वीकार गर्ने, नेपाल स्वास्थ्य सेवाको अधिकृत १२औं तहमा डा. श्यामसुन्दर यादव, भिमसिंह तिंकरी र डा. गुणराज लोहनीलाई बढुवा गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको बताइएको छ ।

    बैठकले पशु कल्याण विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ । पशुप्रति हुने निर्दयी व्यवहार रोक्नका लागि समिति गठन गर्ने निर्णय समेत गरिएको छ । संक्रमण पशुरोग नियन्त्रण विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति मन्त्रिपरिषद् बैठकले दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार