Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • मोतिपुर औद्योगिक क्षेत्र निर्माणका कारण स्थानीयहरु विस्थापित हुनु नपर्ने

    मोतिपुर औद्योगिक क्षेत्र निर्माणका कारण स्थानीयहरु विस्थापित हुनु नपर्ने

    अनलाइन नेपाल
  • आइतबार, ५ मंसिर २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले मोतिपुर औद्योगिक क्षेत्र निर्माणका कारण कोही पनि स्थानीयहरु विस्थापित हुनु नपर्ने बताएका छन् ।

    आइतबार बुटवलको लायन्स आँखा अस्पतालको रजत जयन्ती समारोह उद्घाटन गर्दै मन्त्री खाँणले औद्योगिक क्षेत्र निर्माण गर्न सरकार प्रतिवद्ध रहे पनि त्यस क्षेत्रका स्थानियहरुलाई विस्थापित गर्ने पक्षमा साकार नरहेको बताए।



    कार्यक्रममा मन्त्री खाँणले त्यस क्षेत्रबाट स्थानीयलाई हटाउनु भन्दा औद्यौगिक क्षेत्रको क्षेत्रफल घटाएर निर्माण गर्न सकिने बताए।



    मोतिपुरमा औद्योगिक क्षेत्र बनाउने भनिएको दुई सय बिघा बढी जग्गा स्थानीयले जोतभोग गरेको क्षेत्र छ । त्यहां २ हजार बढी घरधुरी बसोबास गरिरहेका छन् ।

    केही समयअघि सरकारले त्यस क्षेत्रमा औधौगिक क्षेत्र निर्माणका लागि स्थानीयको बस्तीहरूलाई हटाउन खोज्दा ठुलो झडप समेत भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार