Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • चोलेन्द्रविरुद्ध आज दिउँसो २ बजे सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गरिने

    चोलेन्द्रविरुद्ध आज दिउँसो २ बजे सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गरिने

    अनलाइन नेपाल
  • बिहिबार, ९ मंसिर २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा  माग गर्दै आन्देलनमा उत्रिएको नेपाल बार एशोसिएसनलाई अरु ६ पेशागत र नागरिक संस्थाले साथ दिएका छन् ।

    जसमा नेपाल बार एशोसिएसनसहित नेपाल पत्रकार महासंघ, नेपाल इन्जिनियर्स एशोसिएसन, नेपाल जनस्वास्थ्य संघ, नेपाल आदिवासी जनजाति महासंघ र बृहत नागरिक आन्दोलनले सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्न लागेका हुन् ।



    यसअघि मंगलबार ७ संस्थाहरुले एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीशविरुद्ध महाभियोगको प्रक्रिया थाल्न र न्यायपालिकाको गतिरोध अन्त्यका लागि दबाब दिँदै आज बालुवाटारसम्म मार्चपास गरिने जानकारी दिएको थियो।



    उनीहरुले आज दिउँसो २ बजे सर्वाेच्च अदालतको गेटदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म मार्चपास गर्ने जनाएका छन् ।

    ‘न्यायाधीश नियुक्तिको प्रणाली र मापदण्ड परिमार्जन गर्नेजस्ता सवालमा न्यायपालिका रूपान्तरणका निम्ति सार्वजनिक प्रतिबद्धता जारी गर्न र त्यसअनुसार तयारी थाल्न हामी दलहरूलाई ध्यानाकर्षण गर्दछौँ । तत्काल महाभियोगको प्रक्रिया थाल्दै वर्तमान गतिरोध तोड्न र न्यायपालिका रूपान्तरणका निम्ति संविधान संशोधनसहितको तयारी गर्ने गरी दबाब दिन हामी यही मंसिर ९ गते संयुक्तरूपमा बालुवाटार न्याय मार्च गर्ने घोषणा गर्दछौं ।’ मंगलबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

    प्रधानन्यायाधीश जबराको आचरण, न्यायिक क्षमता र नेतृत्वमाथि गम्भीर आक्षेपका साथ न्यायाधीश तथा अधिवक्ताहरू एकसाथ आन्दोलित हुँदै आएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार