Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • फोटो खिच्न लाग्दा कोशीमा डुबेर स्वास्थ्यकर्मीको मृत्यु

    फोटो खिच्न लाग्दा कोशीमा डुबेर स्वास्थ्यकर्मीको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ११ मंसिर २०७८
  • 1.6K
    SHARES

    फाइल तस्विर

    राजविराज । कोशी ब्यारेजमा डुबेर आज एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक–६ का ४५ वर्षीय सुभाष नेपाल रहेका छन् ।

    इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रमोद यादवका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङमा अहेव पदमा कार्यरत नेपाल कोशी ब्यारेजको ५२ नम्बर ढोकामा फोटो खिच्ने क्रममा लडेका थिए ।



    लडेर पानीमा डुबेका नेपाललाई सशस्त्र प्रहरी नंं १ बाहिनी पकली, सुनसरीको टोलीले उद्धारको प्रयास गरेपनि उनलाई बचाउन भने सकेन । नेपालको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार