Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • कोरोनाको नयाँ भेरिएन्टले दिल्ली एयरपोर्टमा तनाब, यात्रुहरुमाथि मनपरी असुली

    कोरोनाको नयाँ भेरिएन्टले दिल्ली एयरपोर्टमा तनाब, यात्रुहरुमाथि मनपरी असुली

    अनलाइन नेपाल
  • शुक्रबार, १७ मंसिर २०७८
  • 1.2K
    SHARES

    एजेन्सी। कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनले भारतमा पनि तनाब दिएको छ । कर्नाटकमा हालसम्म दुई जनामा ​​ओमिक्रोन संक्रमण देखिएको छ । यसैबीच धेरै यात्रुहरूको परिक्षणका क्रममा एयरपोर्टमा कोभिड पोजिटिभ देखिएको छ ।

    दिल्ली एयरपोर्टमा पनि ६ जनामा ​​कोभिड पोजिटिभ भेटिएको छ । बिहीबार दिल्ली एयरपोर्टमा जम्मा ३ हजार अन्तर्राष्ट्रिय यात्रुहरु अवतरण गरेका थिए । अहिले ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।



    संक्रमित भेटिएका यात्रुहरु सबै जोखिममा रहेका देशबाट आएका हुनाले पनि चिन्ताको विषय हुनाले । बिहीबार दिल्ली एयरपोर्टमा चार उडान लन्डनबाट भएको र एउटा उडान पेरिसबाट आएको बताइएको छ। यस्तो अवस्थामा बिहीबार मात्रै करिब ३ हजार यात्रु दिल्ली एयरपोर्टमा अवतरण गरेका थिए र तीमध्ये ६ जनामा ​​कोरोना संक्रमण देखिएको थियो । अब दिल्ली विमानस्थलमा अन्य देशबाट आउने यात्रुका लागि कोभिड परीक्षणको व्यवस्था गरिएको छ ।



    सबैको आरसीटि पिसीआर परीक्षण भइरहेको छ। तर यसका कारण धेरै यात्रुले आवश्यकताभन्दा बढी समय विमानस्थलमै बिताउनु परेको छ ।  आजतकसँग कुरा गर्दै एक यात्रुले आफू रुसबाट भारत आएकी बताइन् ।

    उनको विमान बिहीबार बिहान पाँच बजे दिल्ली अवतरण भएको थियो । तर उनी दिउँसो १२ बजे विमानस्थलबाट बाहिर निस्कन सफल भएकी थिइन् । उनका अनुसार विमानस्थलमा सबै यात्रुको कोभिड परीक्षण भइरहेको र चार घण्टापछि रिपोर्ट आएको हो ।

    यसैबीच, २८ वर्षीया नवजोत सिंह कौरले विमानस्थलमा कार्डबाट भुक्तानी हुन नसकेको बताइन् । यहाँ कोभिड परीक्षणका लागि ३ हजार ५ सय रुपैयाँ मागेको छ । अर्कोतर्फ नवजोतकी आमाले ती व्यक्तिहरूलाई दुईवटा अफर आएको पनि बताइन् । कोभिड रिपोर्ट छिट्टै चाहिने हो भने ३ हजार ५ सय दिनुपर्ने थियो भने ५ सय दिएर पनि रिपोर्ट दिइँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार