Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • सुटुक्क अर्कैको बैंक खाताबाट रकम निकाली आफ्नोमा ट्रान्सफर गर्ने युवकलाई पक्राउ

    सुटुक्क अर्कैको बैंक खाताबाट रकम निकाली आफ्नोमा ट्रान्सफर गर्ने युवकलाई पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १७ मंसिर २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । महानगरीय अपराध महाशाखाले अनलाइनमार्फत् ठगी कार्यमा संलग्न रहेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा महोत्तरी जिल्ला सम्सी -६ घर भई हाल धनुषा जिल्ला जनकपुर मछलीबजार बस्ने १९ बर्षीय शेष फैसल रहेका छन्।



    महाशाखाका अनुसार फैसलले पीडितको एनआई सी एसिया बैंकको खाता नम्बर E187573609524001 बाट २०७८ कार्तिक ०७ गते दिउँसो ५० हजार २ सय रुपैयाँ आफ्नो Wallet ID 9812176361 हुँदै सिटिजन बैंकमा रहेको आफ्नो खाता नम्बर 1070100000117045 मा रकम पठाएका थिए ।



    महाशाखामा परेको उजुरीका आधारमा महाशाखाको टोलीले अनुसन्धान गर्दा फैसल ठगी कार्यमा संलग्न रहेको पाइएको थियो । उक्त अनुसन्धानपछि प्रहरीले फैसललाई बिहीबार काठमाडौँको एयरपोर्टबाट पक्राउ गरेको हो ।

    पक्राउ परेका फैसललाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि आज  महानगरीय प्रहरी बृत्त नयाँबानेश्वर पठाइएको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार