Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • झापाको दमकमा २५ वर्षीय युवकको हत्या

    झापाको दमकमा २५ वर्षीय युवकको हत्या

    अनलाइन नेपाल
  • बिहिबार, १ पुष २०७८
  • 1.2K
    SHARES

    झापा । झापाको दमक बजारमा बुधबार बेलुकी ७ बजेतिर एक युवकको हत्या भएको छ ।

    दमक नगरपालिका–६ स्थित घिमिरे मार्केटमा अज्ञात व्यक्तिको हतियार प्रहारबाट दमक–२ का २५ वर्षीय प्रकाश पराजुलीको हत्या भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।



    हतियार प्रहारबाट गम्भीर घाइते भएका पराजुलीलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकामा तत्कालै मृत्यु भएको प्रनाउ कार्कीले बताए ।



    घटनामा संलग्न कोही पनि तत्काल पक्राउ परेका छैनन् । प्रहरीले सो घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार