Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • वेश्यावृत्तिमा संलग्न रहेको अभियोगमा दुई युवक पक्राउ

    वेश्यावृत्तिमा संलग्न रहेको अभियोगमा दुई युवक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २ पुष २०७८
  • 1.6K
    SHARES

    इटहरी । सुनसरी जिल्लामा बेश्यावृत्ति गराउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा इटहरी उप–महानगरपालिका–४ का ३६ वर्षीय गौतम लेप्चा र संखुवासभाको नुम गाँउपालिका–५ का २० वर्षीय मीनराज पराजुली रहेका छन्।



    इटहरी उप–महानगपालिका–९ स्थित रिभरसाईड होटल एण्ड लजबाट बेश्याबृत्ति गराउने कार्यमा संलग्न २ जनालाई पक्राउ गरिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।



    मंसिर २८ गते रिभरसाईड होटल एण्ड लजमा बेश्याबृत्ति गर्ने गराउने कार्य भइरहेको छ भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले पीडितलाई उद्वार गरेको जनाएको छ ।

    बेश्याबृत्ति गर्ने गराउने लेप्चा र पराजुली दुवै जनालाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार