Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • कुमारी बैंकको १९ करोड ऋण प्रकरण : सीइओ र डेपुटी सीइओ निर्दोष सावित

    कुमारी बैंकको १९ करोड ऋण प्रकरण : सीइओ र डेपुटी सीइओ निर्दोष सावित

    अनलाइन नेपाल
  • सोमबार, ५ पुष २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपूर्जा तथा कागजात बनाएर कुमारी बैंकबाट १९ करोड रुपैयाँ ऋण स्वीकृत भएको प्रकरणमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) र नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीइओ) निर्दोष सावित भएका छन् ।

    उक्त प्रकरणमा लामो समयदेखि अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले सीइओ अनुजमणि तिमिल्सिना र डेपुटी सीइओ मनिष तिमिल्सिनाको १९ करोड ऋण प्रकरणमा कुनै संलग्नता नरहेको निश्कर्ष निकालेको हो ।



    योसँगै सरकारी वकिल कार्यालयले समेत सो प्रकरणमा बैंकिङ कसूरको मुद्धा नचल्ने निर्णय गरेको छ । सीइओ र डेपुटी सीइओको संलग्नता नरहेको निश्कर्ष निकाल्दै सीआइबीले सो प्रकरणको अनुसन्धान सकेर त्यसको मिसिल सरकारी कार्यालयमा पेश गरेको थियो । सरकारी वकिल कार्यालयले मिसिल तथा अन्य कागजातका आधारमा बैंकिङ कसूरको मुद्धा नचल्ने निर्णय गरेको हो ।



    सिआईबीले उक्त प्रकरणमा लामो समयदेखि सरकारी कागजात किर्ते गरी गैरकानूनी धन्दा गर्दै आएको गिरोहको संलग्नता रहेको उल्लेख गरेको छ । गायक योगेश्वर अमात्यको बाराको विश्रामपुरस्थित १२ बिघा जग्गाको नक्कली कागजात बनाई १९ करोड ऋण कुमारी बैंकबाट लिएको खुलेको थियो । कुमारी बैंकका वीरगञ्ज शाखाका केही कर्मचारीको मिलेमतोमा १९ करोड ऋण लिएको देखिएपछि यो विषय बाहिरिएको थियो ।

    उक्त ऋण प्रकरणमा किर्ते अन्तर्गतको अपराधमा भने यसअघि नै मुद्धा दायर भएको थियो । सोही मुद्धाको प्रारम्भिक फैसला सुनाउँदै जिल्ला अदालत काठमाण्डौले ३ प्रतिवादीलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ भने एक प्रतिवादी एकलाख धरौटीमा रिहा भएका छन् ।

    सो प्रकरणमा संलग्नताको अभियोगमा प्रहरीले कुमारी बैंकको वीरगञ्ज शाखाका कनिष्ठ सहायक सोनु ठाकुर, भ्यालुएटर राजेश चौरसिया, किर्ते कागजातका आधारमा कर्जा लिने एस कुमार महर्जन र मुक्तिलाल गौतमलाई सीआईबीको टोलीले नियन्त्रणमा लिएको थियो।

    जिल्ला अदालतको आदेशअनुसार सोनु ठाकुर, मुक्तिलाल गौतम, एसकुमार महर्जनलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ राजेश चौरसिया १ लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।

    राष्ट्रबैंकले समेत सो प्रकरणमा अनुसन्धान गरेको थियो । त्यसक्रममा समेत बैंकिङ कसूर हुने गरी बैंकको उच्च व्यवस्थापनले कुनै काम नगरेको देखिएको निश्कर्ष आएको थियो ।

    उक्त जग्गा राखेर ऋण स्वीकृत गरी ऋण लगानी गरिसकेको अवस्थामा सम्पूर्ण कागजात नक्कली भन्ने पत्ता लाग्ने वित्तिकै बैंकले उक्त ऋण असुलउपर गरिसकेको थियो । जसले गर्दा नागरिकको निक्षेप सुरक्षित रहेको बैंकले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार