Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेपालमा थप एक जनामा ओमिक्रोनको संक्रमण पुष्टि

    नेपालमा थप एक जनामा ओमिक्रोनको संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बुधबार, ७ पुष २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ। योसँगै नेपालमा तीन जना ओमिक्रोन संक्रमित भेटिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डाक्टर संगिता मिश्राका अनुसार ५८ बर्षीय एक पुरुषमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको हो।



    प्रवक्ता मिश्राले संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा रहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइन् । उनले ती व्यक्ति मन्त्रालयको नियमित सम्पर्कमा रहेको बताइन्।



    यसअघि गत मङ्सिर २० गते दुई जनामा पहिलो पटक नेपालमा ओमिक्रोन पुष्टि भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार