Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बंगलादेशमा यात्रुवाहक डुङ्गामा आगलागी, ३० जनाको मृत्यु

    बंगलादेशमा यात्रुवाहक डुङ्गामा आगलागी, ३० जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ९ पुष २०७८
  • 1K
    SHARES

    काठमाडौँ । बंगलादेशको झलकोटी जिल्लास्थित सुगन्धा नदीमा यात्रु बोकेको डुंगामा आगलागी हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

    बरिसालका डिभिजनल कमिश्नर सैफुल हसनले बीबीसी बंगलालाई घटनाको पुष्टि गरेका छन् । उनका अनुसार मृतकको संख्या अझै बढ्न सक्छ ।



    ‘एमभी अभियान’ नामको यो डुङ्गा राति ढाकाबाट बरगुना जान लागेको सैफुल हसनले बताए । झलकोटी जिल्ला पुग्ने क्रममा सुगन्धा नदीमा रहेको डुंगाको इन्जिनमा बिहान आगलागी भएको थियो ।



    घाइतेहरुलाई बारिशाल सदर अस्पताल र स्थानीय अस्पतालमा भर्ना गरिएको र उद्धार कार्य जारी रहेको छ । डुङ्गामा कसरी आगलागी भयो भन्ने बारे अधिकारीहरूले अहिलेसम्म कुनै जानकारी दिएका छैनन्।

    झलकोटीका एक स्थानीय पत्रकारका अन्नुसर बिहान ३ः३० बजे डुंगामा आगलागी भएको हो । धेरै यात्रुले ज्यान जोगाउन नदीमा हाम फालेका छन् ।

    डुंगामा क्षमताभन्दा बढी यात्रु रहेको पनि बताइएको छ । इन्जिन रुमबाट आगलागी भएको अनुमान गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार