Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • ‘फेसबुकमा आकर्षक विज्ञापन: सामान देखाउने, पठाउन एडभान्स माग्ने तर डेलिभरी नगर्ने’

    ‘फेसबुकमा आकर्षक विज्ञापन: सामान देखाउने, पठाउन एडभान्स माग्ने तर डेलिभरी नगर्ने’

    अनलाइन नेपाल
  • मंगलबार, १३ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जाल फेसबुकमार्फत् अनलाइन ठगी कार्यमा संलग्न रआरोपमा एक युवकलाई पक्राउ गरेको छ।
    पक्राउ पर्नेमा बर्दिया बारबर्दिया न.पा. १० का २३ बर्षीय रमेश थारु रहेका छन्। थारुलाई ईलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेसंग समन्वयमार्फत् सोमबार बाँकेको कोहलपुरबाट पक्राउ गरिएको हो।
    महाशाखाका अनुसार थारुले बिभिन्न ब्यक्तिहरुको नागरिकताको फोटोकपीको दुरुपयोग गर्दै नक्कली फेसबुक बनाएर अनलाइनमार्फत डीएसएलआर क्यामेराको खरिदका लागि आकर्षक विज्ञापन गरेका थिए।
    थारुले उक्त क्यामराको मूल्य ७८ हजार पर्ने र त्यसका लागि ५० प्रतिशत रकम पहिले पठाउनु पर्ने भन्दै ग्राहकबर्गहरुलाई झुक्याएर केही रकम ठगी गरेको अनुसन्धानमा खुल्न आएको महाशाखाको भनाइ छ ।
    थारुलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार