Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • मलामी बोकेको बस दुर्घटना अपडेट: मृत्यु हुनेमध्ये छ जनाको सनाखत (नामावली)

    मलामी बोकेको बस दुर्घटना अपडेट: मृत्यु हुनेमध्ये छ जनाको सनाखत (नामावली)

    अनलाइन नेपाल
  • आइतबार, १८ पुष २०७८
  • 1.1K
    SHARES

    पाल्पा । पाल्पा बस दुर्घटनामा मृत्यु हुनेमध्ये छ जनाको सनाखत भएको छ । सात जनामध्ये एक जनाको सनाखत हुन सकेको छैन ।

    सनाखत हुनेमा अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–२ का चार जना रहेका छन् । मालारानीका २८ वर्षीय भोजेन्द्र विश्वकर्मा, सोही स्थानका २५ वर्षीय शङ्कर विश्वकर्मा, सोही स्थानका २६ वर्षीय मोहन कुँवर र ३३ वर्षीय अर्जुन सुनार रहेका छन् ।



    त्यस्तै रुपन्देही जिल्लाको बुटवल उपमहानगर–११ का ३२ वर्षीय विजय थापा, बुटवल–१७ का ३० वर्षीय पशुपति रसाली, सोही स्थानका खुमबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालप पाल्पाले जनाएको छ ।



    बुटवलबाट रिडी शव बोकेको पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा बुटवलबाट रिडीतर्फ गएको लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भई ६० मिटर तल खस्दा दुर्घटना भएको हो । बुटवलबाट वीरबहादुर विश्वकर्माको शव बोकेर रिडीमा लगिएको बस दुर्घटना भएको थियो ।

    दुर्घटनाबाट परी १६ जना घाइते भएका छन् । घाइतेको लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए । ओरालो घुम्तीमा बस दुर्घटना भएको छ ।

    चिप्लो सडकमा ओभर स्पिडले गर्दा दुर्घटना भएको प्रहरीको ठमाइ छ । घाइतेलाई स्थानीयवासिन्दा र प्रहरीले समयमा उद्धार गरे पनि शव निकाल्न समस्या भएको थियो। बसले च्यापिएको शव डोजर प्रयोग गरी निकालिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार