Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • काँग्रेस र कम्युनिष्टको विकल्प खोजौँ : अध्यक्ष लिङ्देन

    काँग्रेस र कम्युनिष्टको विकल्प खोजौँ : अध्यक्ष लिङ्देन

    अनलाइन नेपाल
  • बिहिबार, २२ पुष २०७८
  • 1.6K
    SHARES

    धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले काङ्ग्रेस र कम्युनिस्टको विकल्प खोज्न जनतालाई आग्रह गरेका छन् ।

    बिहीबार धनगढीमा आयोजित सो पार्टीको प्रदेश स्तरीय आम सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।



    ‘अब हुने स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा जनताले राजनीतिक दलसँग बद्ला लिने मौका आउँछ’, उनले थपे, ‘निर्वाचनमा काङ्ग्रेस, कम्युनिस्टको विकल्प खोजौँ । यिनीहरूको पञ्जाबाट मुलुकलाई मुक्त गरौँ ।’



    अध्यक्ष लिङ्देनले राजसंस्था र हिन्दूराष्ट्र देशको आवश्यकता रहेको बताए । उनले राजसंस्था र हिन्दूराष्ट्र नेपालको गौरवसँग सम्बन्धित विषय रहेको उल्लेख गरे । ‘हामीले देशको लागि राजतन्त्र र हिन्दूराष्ट्रको कुरा उठाएको हो’, उनले भने, ‘भोटको लागि होइन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार