Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री देउवा, संसदको गतिरोध र एमसीसीबारे छलफल

    ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री देउवा, संसदको गतिरोध र एमसीसीबारे छलफल

    अनलाइन नेपाल
  • शनिबार, २४ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

    प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई भेट्न प्रधानमन्त्री देउवा शनिबार विहान भक्तपुरको बालकोटस्थित ओली निवास पुगेका प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।



    भेटमा एमालेले संसदमा गरिरहेको अवरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ ।  साथै, भेटमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता अगाडि बढाउने विषयमा पनि प्रधानमन्त्री देउवाले एमालेको सहयोग मागेको परियारको भनाइ छ।



    एमालेले कारवाही गरेका माधव नेपालसहित १४ संसदको कारवाही रोकेर अवैध रुपमा दल (नेकपा एस) दर्ता गरिएको प्रतिपक्षीले लगातार संसद अवरुद्ध गर्दै आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार