Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोरोना भाइरस

    ९४४ जनामा संक्रमण पुष्टि हुँदा २९७ जना डिस्चार्ज, ६ हजार बढी सक्रिय संक्रमित

    ९४४ जनामा संक्रमण पुष्टि हुँदा २९७ जना डिस्चार्ज, ६ हजार बढी सक्रिय संक्रमित

    अनलाइन नेपाल
  • शनिबार, २४ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।  सन् २०२२ सुरु भएपछि बिस्तारै उकालो लाग्दै गएको कोरोना संक्रमितको संख्या शुक्रबार एक्कासी बढेको थियो भने आज शनिबार पनि उस्तै रहेको छ।

    बिगत केही दिनयता दिनहुँ सय /दुई सयको हाराहारीमा बढ्ने संक्रमितको संख्या शुक्रबार भने लगभग चार सयले बढेर ९६८ जनामा संक्रमण पुष्टि भएको थियो । भने आज पनि लगभग संक्रमितको संख्या उत्तिनै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज ९४४ जनामा संक्रमण पुष्टि भएको छ।



    कुल १३ हजार २६४ जनाको परीक्षणमा ९४४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।  यसअघि हिजो करिब १४ हजार जनामा परीक्षण गर्दा ९६८ जनामा संक्रमण पुष्टि भएको थियो ।



    यस्तै, पछिल्लो २४ घण्टामा २९७ जना संक्रमणमुक्त भएका छन् । यसअघि हिजो २६२ जना डिस्चार्ज भएका थिए।

    यसैगरी, आज शनिबार कोभिड–१९ को सङ्क्रमणबाट थप कसैको मृत्यु भने भएको छैन । हालसम्म देशभर ११ हजार ६०२ जनाले ज्यान गुमाइसकेका छन् ।

    हाल देशभर ६,१४० जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार