Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रधानमन्त्री कप क्रिकेट : फाइनलमा पुलिस र एपीएफ भिड्दै

    प्रधानमन्त्री कप क्रिकेट : फाइनलमा पुलिस र एपीएफ भिड्दै

    अनलाइन नेपाल
  • बुधबार, ५ माघ २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री (पीएम) कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ।

    टियु क्रिकेट मैदानमा हुने फाइनलमा नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् । दुई विभागीय टोलीबीचको फाइनल खेल बिहान १० बजे सुरु हुनेछ।



    एपीएफले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराएर पुलिससँगको भेट पक्का गरेको हो। एपीएफले साविक विजेता समेत रहेको आर्मीलाई ४७ रनले हराएको थियो।



    पुलिस भने बागमती प्रदेशलाई हराएर फाइनल पुगेको थियो। फाइनल पुग्ने क्रममा पुलिसले बागमतीलाई ५० रनले पराजित गरेको हो।

    प्रतियोगिताको विजेताले पाँच लाख र उप–विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार