Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • 'अप्रेसन हनी'

    गुणस्तरहीन मह उत्पादन गरी बिक्री गर्ने सिन्धुपाल्चोकका नरबहादुर यसरी परे प्रहरी फन्दामा

    गुणस्तरहीन मह उत्पादन गरी बिक्री गर्ने सिन्धुपाल्चोकका नरबहादुर यसरी परे प्रहरी फन्दामा

    अनलाइन नेपाल
  • शुक्रबार, ७ माघ २०७८
  • 2K
    SHARES

    काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले गुणस्तरहीन मह (हनी) उत्पादन तथा बिक्री बितरण गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-६ घर भइ काठमाडौँ महानगरपालिका-२७ ज्याठा बस्ने ३८ बर्षीय नरेश श्रेष्ठ भन्ने नर बहादुर श्रेष्ठ रहेका छन्।

    महाशाखाका एसएसपी बसन्त कुँवरका अनुसार काठमाडौँ उपत्यकाको बिभिन्न स्थानहरुमा गुणस्तरहीन महको उत्पादन एवं बिक्री बितरण भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा खटिएको टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो ।





    श्रेष्ठले गुणस्तरहीन मह बनाइ रहेको अवस्थामा मह बनाउनको लागि प्रयोग गरिने बिभिन्न प्रकारका सामाग्री, मेसिन, केमिकलहरु र गुणस्तरहीन (७६०० के.जी. ) तयारी तथा कच्चा महसहित पक्राउ गरिएको एसएसपी कुँवरले बताए।

    एसएसपी कुँवरका अनुसार श्रेष्ठले बिगत ७ बर्ष अगाडिदेखि  आफ्नो श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी गुणस्तरहीन मह बनाई बिक्री बितरण गर्दै आएको अनुसन्धानमा खुलेको छ। साथै, नतिजा प्याकेजिङको नाममा कम्पनी दर्ता गरेर ‘स्पर्स हनी’ नामको लेबल टाँसी बिक्री बितरण गर्ने गरेका थिए।

    श्रेष्ठले गुणस्तरहीन मह काठमाडौँ, भक्तपुर र पोखराका होटेल, रेष्टुरेण्टहरुमा थोक तथा खुद्रा बिक्री बितरण गर्ने गरेको, मह बनाउन प्रयोग हुने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गरेर प्रति के.जी. रु. ६५०।– मा बिक्री बितरण गरेको, मह बनाउनको लागि ३०% ग्लुकोज, ३०% चिनी र बाँकी ४०% मह बनाउन प्रयोग हुने कच्चा पदार्थ मिसावट गरी बनाउने गरेकोअनुसन्धानमा खुलेको एसएसपी कुँवरको भनाइ छ।

    श्रेष्ठले उत्पादन गरेको स्पर्स हनी खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग, बबरमहल, काठमाडौँमा परिक्षण गर्दा गुणस्तर अनुरुप नरहेको र मह खान योग्य नरहेको समेत खुलेको छ।

    श्रेष्ठको हनी उत्पादन केन्द्रबाट महाशाखाले गुणस्तरहीन तयारी मह ६०० के.जी, कच्चा तथा गुणस्तरहीन मह ६५०० के.जी, ग्लुकोज, चिनी, सामान जोख्ने मेसिन, स्पर्स हनीका लेभलहरु ( स्टिकर )समेत बरामद गरेको छ।

    पक्राउ परेका श्रेष्ठलाई प्रारम्भिक अनुसन्धानपश्चात अनुसन्धान कारवाहीको लागि शुक्रबार महानगरीय प्रहरी परिसर टेकु पठाइएको एसएसपी कुँवरले जानकारी दिए।

    साथै, काठमाडौँ उपत्यकालगायतका देशका बिभिन्न भागमा नक्कली एबं गुणस्तरहीन मह बिक्री बितरण भइरहेकाले त्यसतर्फ सजग एवं सचेत रहन आम नागरिक तथा उपभोक्ताहरुलाई महानगरीय अपराध महाशाखाले अपिल समेत गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार