Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • यमनी जेलमा भएको हवाई आक्रमण : एक सय भन्दा बढी व्यक्तिको मृत्यु

    यमनी जेलमा भएको हवाई आक्रमण : एक सय भन्दा बढी व्यक्तिको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ७ माघ २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । यमनी जेलमा भएको हवाई हमलामा एक सय भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । भने सोही सङ्ख्यामा घाइते भएका छन् ।

    रातिको समयमा जेल लगायतका स्थानमा भएका हवाइ आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु भएको र २०० भन्दा बढी घाइते भएका अनुमान गरिएको उद्धारकर्ताहरूले शुक्रबार बताएका हुन् ।



    यमनस्थित रेडक्रसको अन्तर्राष्ट्रिय समितिका प्रवक्ता बाशीर उमरले हुथी विद्रोहीको प्रभाव क्षेत्रमा रहेको सादा सहरमा भएको आक्रमणमा धेरै व्यक्ति सख्त घाइते भएकाले मृतक सङ्ख्या थप बढ्न सक्ने अस्पताल स्रोतले जानकारी दिएको छ।



    सादा सहरमा रहेका दुई अस्पतालमा कम्तीमा १०० भन्दा बढीको मृत्यु भएको वा घाइते भएको भन्ने प्रारम्भिक सूचना आईसीआरसीले प्राप्त गरेको अस्पतालको तथ्याङ्कलाई उद्धृत गर्दै प्रवक्ता उमरले उल्लेख गरे।

    घाइते तथा मृतकको सङ्ख्या प्रारम्भिक सूचनामा जनाइएभन्दा निकै धेरै हुनसक्ने घटनास्थलबाट सामाजिक सञ्जालमा सम्प्रेषित तस्बीरहरूबाट अनुमान गर्न सकिने उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार