Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • विश्व स्वास्थ्य संगठन भन्छ-‘ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछ’

    विश्व स्वास्थ्य संगठन भन्छ-‘ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछ’

    अनलाइन नेपाल
  • सोमबार, १० माघ २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    एजेन्सी । विश्व स्वास्थ्य संगठनले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास गरेको छ।

    डब्लूएचओका महानिर्देशक हान्स क्लुगले भने,‘ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लग्दैछ,’ । मार्चसम्म ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली संक्रमित हुने उनको भनाई छ ।



    सम्पूर्ण युरोपलाई ढाकेको ओमिक्रोन केही महिनापछि शान्त रहने उनको विश्वास छ । खोपका कारण विश्वव्यापी रुपमा मानिसहरुको रोग प्रतिरोधात्मक क्षमता बढेको उनले बताए । ‘तर, यस वर्षको अन्त्यसम्ममा विश्व शान्त बन्नेछ,’ उनले भने ।



    अमेरिकाका वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसीले पनि कोभिड संक्रमण विस्तारै विश्वबाटै घट्दै जाने विश्वास गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार