Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • हाँस्य कलाकार मजोज गजुरेललाई कोरोना संक्रमण, भन्छन्- केही नहुन्जेल केही पनि हुँदैन

    हाँस्य कलाकार मजोज गजुरेललाई कोरोना संक्रमण, भन्छन्- केही नहुन्जेल केही पनि हुँदैन

    अनलाइन नेपाल
  • सोमबार, १० माघ २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । चर्चित हास्यकलाकार मनोज गजुरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  गजुरेलले आफुलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

    गजुरेलले सामाजिक सञ्जालमा लेखेका छन्- ‘पहिलेजस्तो सातो लिने र दोश्रो जस्तो ज्यानै लिनेचाहि हैन, तर थलाचाहि राम्रैसँग पार्दोरहेछ । ढुक्कसँग उपचार गरौं, केही नहुन्जेल केही पनि हुँदैन ।’



    उनले कोरोनाको तेश्रो भेरियन्ट ओमिक्रोनबाट होम आइसोलेसनमा बसेका र आइसीयुमा पुगेका सबैको स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।



    गजुरेललाई यसअघि पनि कोरोना संक्रमण भएको थियो । उनी केही समय अस्पताल बसेर डिस्चार्ज भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार