Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • मनोज गजुरेललाई आईसियुमा सारियो, अवस्था चिन्ताजनक

    मनोज गजुरेललाई आईसियुमा सारियो, अवस्था चिन्ताजनक

    अनलाइन नेपाल
  • शुक्रबार, २१ कार्तिक २०७७
  • 5.2K
    SHARES

    काठमाडौं । कोरोना भाइरस संक्रमणबाट सिकिस्त बिरामी भएका चर्चित हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ ।

    उनलाई आईसियुमा सारेर उपचार भइरहेको छ ।



    गत १० कात्तिकमा उनलाई संक्रमण भएकोमा श्वासप्रश्वासमा समस्या भएपछि बुधबार अस्पताल लगिएको थियो ।



    बिहीबार उनलाई आईसियूमा सारिएको हो ।

    बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा कलाकार  गजुरेलको उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार