Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • मनोज गजुरेलले गरे विवाह (तस्बिरहरु)

    मनोज गजुरेलले गरे विवाह (तस्बिरहरु)

    अनलाइन नेपाल
  • सोमबार, २५ असोज २०७८
  • 2.1K
    SHARES

    काठमाडौँ । हाँस्यकलाकार मनोज गजुरेलले विवाह गरेका छन्।

    सोमबार सामाजिक सञ्जालमार्फत् बिहेको तस्बिरहरु सार्वजनिक गर्दै कलाकार गजुरेलले आफन्त, साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी दिएका हुन्।



    ‘जीवन सधैँ सरल रेखामा नहिंड्ने रहेछ, मेरो लामो वैवाहिक जीवन ४ बर्षपहिले कानुनीरुपमा टुंगिएको थियो,’ सामाजिक संजालमा गजुरेलले लेखेका छन् ।



    ‘जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो । त्यसैगरी मेरा बाबु-नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनुपनि जरुरी थियो।’ फेसबुकमा गजुरेल लेख्छन्,’ यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग मेरो चिनजान हुनपुग्यो । बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो । एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं ।’

    कलाकार गजुरेलले पूर्वपत्नी मीना ढकालसँग करिब ४ वर्षअघि सम्बन्ध बिच्छेद गरेका थिए । त्यस यता एक्लै बस्दै आएका गजुरेलले छिट्टै बिवाह गर्ने भन्ने बताउँदै आएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार