Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • जेठ ४ मा स्थानीय तहको निर्वाचन: प्रधानमन्त्री देउवा

    जेठ ४ मा स्थानीय तहको निर्वाचन: प्रधानमन्त्री देउवा

    अनलाइन नेपाल
  • मंगलबार, १८ माघ २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।

    स्रोतका अनुसार नेपाली कांग्रेस बागमती प्रदेशका प्रतिनिधिहरूसँग सोमबार साँझ बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन ४ जेठमा गर्ने जानकारी गराएका हुन् ।



    सरकारले स्थानीय तहको निर्वाचनको मितिबारे मंगलबार (आज) निर्वाचन आयाेगसँग छलफल गर्ने बताएको छ ।



    पछिल्लो समय निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल जेठ ५ गतेसम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई दबाब दिएको बेला प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार