Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • एमाले सचिवालय बैठक:

    भोलिसम्म चुनावको मिति नतोके सातै प्रदेशमा आन्दोलन गर्ने एमालेको घोषणा

    भोलिसम्म चुनावको मिति नतोके सातै प्रदेशमा आन्दोलन गर्ने एमालेको घोषणा

    अनलाइन नेपाल
  • बुधबार, १९ माघ २०७८
  • 1.1K
    SHARES

    काठमाडौँ । नेकपा एमालेले सरकारले स्थानीय तहको निर्वाचन मिति विहीबार नतोके केन्द्रसहित सातवटै प्रदेशमा दवाबमुलक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

    बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले यसअघि जन संगठनहरुले निर्वाचन मिति तोक्न दवाबमुलक कार्यक्रम गरिरहेको भन्दै बिहीबार पनि मिति नतोके सातै प्रदेश र केन्द्रबाट समेत दवावका कार्यक्रम सुरु गर्ने निर्णय गरेको हो।



    यस्तै, बैठकले स्थानीय निर्वाचनमा केन्द्रित भइ केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ। युवा, विद्यार्थी, महिला र किसानबाहेकका जनसंगठनका राष्ट्रिय अधिवेशनहरू तोकिएकै मितिमा गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।



    साथै महिला, युवा, विद्यार्थी र किसान महासंघ बाहेकका अन्य जन संगठनको महाधिवेशन प्रक्रिया अघि बढाउने एमाले सचिवालय बैठकले निर्णय गरेको छ । बैठकले पार्टीको नियमावली, जन संगठनको निर्देशिका पारित गर्नुका साथै सहकारी र स्थानीय निकाय विभागमा सदस्य थप्ने निर्णय गरेको नेता गुरुङले बैठकपछि जानकारी दिए।

    बैठकले पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका सुझावसहित पारित गरेको छ ।  गुरुङका अनुसार बैठकले केन्द्रीय प्रचार तथा प्रकाशन, उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा सदस्यहरू मनोनयन गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार