Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आयल निगममा ‘कुलमान’को खाँचो

    आयल निगममा ‘कुलमान’को खाँचो

    निर्मल लामिछाने
  • बिहिबार, २० माघ २०७८
  • 3.6K
    SHARES

    सरकारले पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च बनाएको छ । हाल काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १४२ तथा डिजेल र मट्टटितेल १२५ रुपैयाँ पुगेको छ । यद्यपि नेपाल आयल निगमले भने अझै पनि महिनाको साढे ४ देखि ५ अर्बसम्म ऋण आवश्यक रहेको जनाएको छ।

    आजभन्दा ८ बर्ष अगाडि विसं २०७० सालमा पनि पेट्रोलको मूल्य १४० रुपैयाँ प्रतिलिटर पुगेको थियो । तर, पेट्रोलियम पदार्थमा जति मूल्य बढाइए पनि निगम नाफामा कहिल्यै जान सकेको छैन । निगमले भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य बढेको भन्दै नेपालमा मूल्य बढाउँदै आएको छ।



    नेपालमा पछिल्ला बर्षहरुमा प्रत्येक महिना जसो पेट्रोलियम पदार्थसँगै खाना पकाउने ग्यास, हवाई इन्धनलगायतमा मूल्य वृद्धि हुँदै आएको छ । १० दिनअघि मात्रै निगमले सञ्चित बचत शून्यमा झरेको भन्दै सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई रु १३ अर्ब बढी भुक्तानी गरेको थियो ।



    त्यतिबेला निगमले मूल्य स्थिरीकरण कोषबाट रु एक अर्ब ८० करोड लिएर जनवरी महिनाको दोस्रो किस्तावापतको रकम आइओसीलाई भुक्तानी गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका थिए । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार उकालो लाग्दा निगमको घाटा भने चुलिँदै गएको छ । पेट्रोलियम पदार्थको खरिद मूल्य बढ्दै जाँदा मूल्य समायोजन नगर्ने हो भने निगम थप घाटामा जाने देखिन्छ।

    यता, सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिविरुद्ध दिनहुँ प्रदर्शन र आन्दोलन हुँदै आएका छन् । तर, मूल्य घट्ने त परको कुरा झन् झन् बढेर १५०को हाराहारीमा पुग्ने सर्वसाधारणको अनुमान छ । मूल्य वृद्धिसंगै यतिबेला चौतर्फी रुपमा  आयल निगममा पनि ‘कुलमान’को आवश्यकता महसुस हुन थालेको आवाजहरु उठ्न थालेका छन्  । कुलमान घिसिङ्ग उनै व्यक्ति हुन् जसले नेपाल बिद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा चार बर्ष काम गर्दा लाखौं नेपाली जनताहरुको मन जितेका थिए।

    दैनिक १८ घण्टा लोडसेडिङ खेपिरहेका बेला कुलमानले नै देशलाई लोडसेडिङ्मुक्त बनाएका थिए । २०७५ बैशाख ३१ गते प्राधिकरणले औधोगिक क्षेत्रमा हुँदै आएको लोडसेडिङ् हटाएपछि नेपाल पूर्ण रुपमा लोडसेडिङमुक्त देश बनेको थियो । काठमाडौँ उपत्यका भने २०७४ सालको सुरुमा नै लोडसेडिङ्मुक्त बनेको थियो । उनै कुलमान जसले अर्बौं घाटामा रहेको प्राधिकरणलाई ऋण मुक्त गराई करोडौं नाफामा लागेका थिए । कुलमानको लगाव र कामप्रतिको जिम्मेवारीलाई महत्वपूर्ण उपलब्धि ठानेको सरकारले पुन सोही ठाउँमा उनलाई अर्को कार्यकालका लागि नियुक्त गरिसकेको छ। अहिले कुलमान पुन प्राधिकरणको निर्देशक छन्।

    सधैँ घाटामा मात्र रहिरहने निगमलाई पनि नाफामा ल्याउन कुलमानको आवश्यकता रहेको आवाज उठ्न थालेका छन् । सामाजिक संजालहरुमा ‘कुलमान आऊ-निगम बचाउ’ भन्दै सर्वसाधारणहरुले आवाज उठाईरहेका छन् । साच्चै कुलमान जस्तै स्वस्छ छबि भएका राष्ट्रसेवक कर्मचारीले आफ्नो क्षेत्रमा पारदर्शिता देखाएको खण्डमा निगम नाफामुखी बन्नेमा दुई मत छैन ।

    को हुन् कुलमान ?

    बेथान–७ डहु रामेछापका सामान्य किसान परिवारमा जन्मिएका घिसिङले नौ वर्षका उमेरमा मात्रै विद्यालय टेक्ने अवसर पाएका थिए । कक्षा एकबाट एकैपटक तीन कक्षामा फड्को मारेका घिसिङले इन्जिनियरिङ र मेनेजमेन्टमा मास्टर्स गरेका छन् । प्राधिकरणमा सातौं तहबाट सेवा सुरू गरेका घिसिङ एकैपटक नवौं तहमा फड्को मारेका थिए । एघारौं तहमा काम गर्दागर्दै फेरि फड्को मारेर एमडी बनेका घिसिङले चिलिमे जलविद्युत् कम्पनीको प्रबन्ध सञ्चालक भएर काम गर्दा वाहवाही कमाएका थिए ।

    चिलिमेलाई अन्तर्राष्ट्रिय संस्थाका रुपमा चिनाएका घिसिङकै अग्रसरतामा सान्जेन, अपर सान्जेन, रसुवागढी र मध्यभोटेकोसी गरी २७० मेगावाटको थप प्रोजेक्ट सुरू भएको थियो । रसुवाली जनतालाई पहिलोपटक दिइएको चिलिमेको सेयर बढेर दुई हजार आठ सय १० सम्म पुगेको थियो । तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले घिसिङलाई चिलिमेबाट हटाउँदा रसुवाका स्थानीय एक महिनासम्म आन्दोलनमा उत्रिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार