Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • चोरीको सामानसहित बुढानीलकण्ठबाट रौतहटका दुई युवा पक्राउ

    चोरीको सामानसहित बुढानीलकण्ठबाट रौतहटका दुई युवा पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २५ माघ २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले चोरी भएको सामानसहित दुई जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरुमा रौतहट चन्द्रपुर नगरपालिका वडा नं ७ घर भई हाल काठमाडौँ डल्लु बस्ने ३० बर्षीय अलि अक्तर मन्सुर र १९ बर्षीय आकाश चौधरी रहेका छन्।



    परिसरका एसपी दिनेशराज मैनालीका अनुसार उनीहरुलाई मंगलबार दिउँसो ३ बजे काठमाडौँ बुढानीलकण्ठबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट रिक्सासहित बयालिस ईन्चको टि.भि समेत बरामद गरिएको छ।



    उनीहरुमाथि महानगरीय प्रहरी बृत्त महाराजगंजबाट थप अनुसन्धान कार्य भइरहेको एसपी मैनालीले जनाए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार