Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • कञ्चनपुर बेल्डाडी- २ का वडाध्यक्ष खातीलाई विप्लव कार्यकर्ताले दले कालोमोसो

    कञ्चनपुर बेल्डाडी- २ का वडाध्यक्ष खातीलाई विप्लव कार्यकर्ताले दले कालोमोसो

    अनलाइन नेपाल
  • बिहिबार, २७ माघ २०७८
  • 1.2K
    SHARES

    धनगढी । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले कञ्चनपुरमा एक वडा अध्यक्षलाई कालोमोसो दलेका छन् ।

    बिहीबार एकिकृत जनक्रान्ति युवा संगठन नेपाल कञ्चनपुरले जिल्लाको बेल्डाडी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष प्रेम खातीलाई कार्यकक्षमै पुगेर कालोमोसो दलेका हुन् ।



    वडाध्यक्ष खातीमाथि वडा कार्यालय भवनको भाडा एकठाउँ दिने अनि कार्यालय भने गाउँपालिका भित्र रहेको, एकल महिलाका लागि २८ लाखमा बनाएको ४ कोठे भवनमा अनियमितता गरेको, वडा कार्यालयमा उपस्थित नभई सेवाग्राहीलाई दुख दिएकोलगायतका आरोप उनीहरुको आरोप छ।



    यस्तै, उनीहरुले खातीमाथि बसपार्कका लागि ल्याएको २७ टिप्पर बालुवा बेचेको, मनोमानी तबरले कर्मचारीहरुको नियुक्ति गरेको जस्ता आरोप लगाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार