Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • पर्यटनमन्त्री आलेलाई लाग्यो एकैदिन दुई झट्का

    पर्यटनमन्त्री आलेलाई लाग्यो एकैदिन दुई झट्का

    अनलाइन नेपाल
  • आइतबार, १ फाल्गुन २०७८
  • 2.5K
    SHARES

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई आज एकैदिन दोहोरो झट्का लागेको छ । मन्त्री आलेले यसअघि गरेका दुई ठूला निर्णयहरुलाई अदालतले एकैदिन बदर गरेपछि उनीमाथि दोहोरो झट्का लागेको हो ।

    झट्काका दुई बिषयहरु हुन्:- क्षेत्रीलाई क्यानको महानिर्देशकबाट नहटाउन सर्वोच्चको अन्तरिम आदेशपशुपति धर्मशालामाथि हस्तक्षेप नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश ।



    आइतबार सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले राजकुमार क्षेत्रीलाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकबाट अनिवार्य अवकाश दिने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । जसका कारण मन्त्री आलेले गैरकानुनी तबरबाट नियुक्त गरेका वर्तमान महाप्रबन्धक प्रदीप अधिकारीको पद धरापमा परेको छ।



    यसअघि मन्त्री आलेले ६ जना १२ औं तहका सिनियर हुँदाहुँदै ११ औं तहका कनिष्ट अधिकारीलाई महानिर्देशकमा नियुक्त गरेका थिए । क्षेत्री काममा फर्किएसँगै अधिकारीको पद के हुने हो भन्नेमा अन्यौलता बढेको छ ।

    प्राधिकरणमा १२औं तहका आधा दर्जन कर्मचारी हुँदा हुँदै पर्यटनमन्त्री आलेले करोडौं आर्थिक चलखेल गरी ११ औं तहका जुनियर अधिकारीलाई नियुक्ति दिलाएको उनीनिकट ब्यक्तिहरुको दाबी छ।

    स्रोतका अनुसार अधिकारीलाई महानिर्देशक बनाउन पूर्व पर्यटनमन्त्री धनबहादुर बुढाले सेटिङ मिलाएका थिए । बुढाले अधिकारीलाइ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकहाँ लगेर सबै चाँजाेपाँजाे मिलाएका थिए । बुढाले अधिकारीलाई महानिर्देशक बनाउँदा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवासम्म पनि सेटिङ मिलाएका थिए । महानिर्देशक बन्न सबैतिर सेटिङ मिलाउँदा अधिकारीले पूवर्मन्त्री बुढामार्फत १० कराेड खर्च गरेकाे मन्त्री आलेनिकट स्राेतकाे दावी छ ।

    अधिकारी तिनै हुन्, जसले प्राधिकरणका राष्ट्रिय गौरवका आयोजनाहरु भैरहवा, पोखरा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखका रुपमा एक खर्बको बजेट परिचालन गरेका थिए । यी गौरवका आयोजनाहरुको निर्माणदेखि परामर्शदाता छनौटमा अधिकारीले कराेडाैं कराेड आर्थिक चलखेल गरेका थिए ।

    यसअघि अनलाइन नेपालले ‘करोडौ भ्रष्टाचारमा मुछिएका अधिकारीलाई प्राधिकरणको महानिर्देशक बनाउन माधव नेपालको घरमा बिचौलियाको चलखेल’ शिर्षकमा समाचार नै प्रकाशित गरेको थियो ।

    त्यस्तै, आइतबर नै उच्च अदालत पाटनले बतास समूहद्वारा संचालित नेपाल-भारत मैत्री धर्मशाला सञ्चालनमा कुनै अवरोध नपुर्याउन सम्बन्धित निकायलाई अन्तरिम आदेश दिएको छ।

    आइतबार रिटमाथि सुनुवाई गर्दै न्यायाधीश नरिश्वर भण्डारीको इजलासले विपक्षी पशुपति क्षेत्र विकास कोषलगायतका निकायमाथि कारण देखाऊ आदेश र अन्तरिम आदेश जारी गरेको हो ।

    मन्त्रीआलेको निर्देशनमा कोषले धर्मशाला सञ्चालनमा अवरोध पुर्याउन खोजेको र यसले करार सम्झौता प्रतिकूल हुने भन्दै होटल आनन्द प्रालिले पाटन उच्च अदालतमा रिट दायर गरेको थियो ।

    धर्मशाला प्रकरणमा पनि मन्त्री आलेले बतास समूहमाथि अन द स्पट एक्सन लिँदै तत्काल सबै प्रक्रिया रोक्न ठाडो निर्देशन दिएका थिए । तर, मन्त्री आलेको निर्देशनलाई सर्वोच्चले तोडिदिएको छ।

    यी हुन् विवादास्पद र महानिर्देशक अधिकारी 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि पोखरा विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, निजगढी अन्तर्राष्ट्रिय विमानस्थल जस्ता प्राधिकरणका सबै राष्ट्रिय गौरबका आयोजनाका प्रमुख बनेर अर्बौका ठेक्कामा सेटिङ गरी करोडौंलाभ लिएको आरोप खेप्दै आएका व्यक्ति हुन् अधिकारी । अधिकारीविरुद्ध पटक–पटक अख्तियारमा मुद्दा परेको थियो । पोखरा एयरपोर्टमा कार्यरत हुँदा उनीविरुद्ध स्थानियले आन्दोलन समेत गरेका थिए ।

    अधिकारीको सेटिङमा २ बर्षअघि चाइना नेशनल एरो टेक्नोलोजी इञ्जिनियरिङ कर्पोरेशनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वे को ठेक्का दिइएकोमा २० प्रतिशत पनि काम भएको छैन ।

    अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक्सपान्सन अफ इन्टरनेशनल एप्रोन (एयरपोर्ट विस्तार), ट्याक्सी वे लगायतका कार्यको निर्माणका लागि गरिएको टेण्डरमा सुरुदेखि नै निश्चित ठेकेदारलाई दिनेगरी सेटिङ गरेका थिए । करिब नौ अर्ब २० करोड रुपैयाँको यो ठेक्कामा सहभागी हुनको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको हवाई यातायात क्षमता अभिबृद्धि आयोजनाबाट २ अप्रिल २०१९ मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको थियो ।

    १७ मे २०१९ को अन्तिम मिति राखेर आह्वान गरिएको सो टेण्डरमा ख्यातीप्राप्त अन्तर्राष्ट्रिय निर्माण कम्पनीहरूका तर्फबाट एकल र संयुक्त उपक्रम गरी ७ वटा प्रस्ताव पेश भएका थिए । जसको प्राविधिक प्रस्ताव मूल्यांकनकै क्रममा अधिकारीले सेटिङमा ५ वटा कम्पनीलाई फेल गराई अघि चाइना नेशनल एरो टेक्नोलोजी इञ्जिनियरिङ कर्पोरेशन र चाइना मेसिनरी इञ्जिनियरिङ कर्पोरेशन (सीएमसीई) लाई मात्र पास गराएका थिए । प्राविधिक प्रस्तावमा पास गरिएका दुवै कम्पनी चाइना रेलवे इन्जीनीयरिङ कम्पनीकै सहायक कम्पनी हुन् ।

    एउटै कम्पनी अन्तर्गतका दुई सहायक कम्पनीको प्राविधिक प्रस्ताव पास गरी आर्थिक प्रस्ताव माग गरिएको थियो, जसमा दुवैले मिलेर प्रस्ताव हालेका थिए । चाइना नेशनल एरो टेक्नोलोजी इञ्जिनियरिङ कर्पोरेशनलाई कम दरमा प्रस्ताव गरेको देखाएर प्रदीप अधिकारीको सेटिङमा ठेक्का दिइएको थियो । यी दुवै कम्पनीको एजेन्ट यति ग्रुप हो । जसले २ बर्षसम्म २० प्रतिशत पनि काम गरेको छैन । दुई कम्पनीबाहेक अरुलाई प्राविधिक प्रस्तावमा पास हुन दिएको भए ट्याक्सी वेको निर्माण २ अर्ब कम मूल्यमा हुनेथियो । तर, प्रदीप अधिकारीले यतिसँग सेटिङ गरी राज्यलाई २ अर्ब नोक्सान पार्ने काम गरेका थिए ।

    सात वटा कम्पनीमध्ये ५ वटालाई प्राविधिक रुपमा अयोग्य ठहर्याउने क्रममा नारायणगढ–बुटवल सडक निर्माण गर्ने चीनको प्रख्यात कम्पनी स्टेट कन्ष्ट्रक्सन इन्जीनीयरीङ कर्पोरेसनलाई समेत अयोग्य ठहर्याई प्रतिस्पर्धा नै सीमित गरी सेटिङको कम्पनी चाइना नेशनल एरो टेक्नोलोजी इञ्जिनियरिङ कर्पोरेशनलाई ठेक्का दिइएको थियो, जसको नेपाली एजेन्ट यति समूह नै हो । यति समूह एजेन्ट रहेको चाइना नेशनल एरो टेक्नोलोजी इञ्जिनियरिङ कर्पोरेशनले परियोजनाको काम २० प्रतिशत पनि गरेको छैन ।

    नारायणगढ–बुटवल सडक खण्डको निर्माण गरेको स्टेट कन्ष्ट्रक्सन इन्जीनीयरीङ कर्पोरेसनले आफ्नो कम्पनीलाई कुनै कारणविना नै नियतबस प्राविधिक प्रस्तावमा अयोग्य ठहर गरिएको उजुरी हवाई यातायात क्षमता अभिबृद्धि आयोजना, नागरिक उड्डयन प्राधिकरण, संस्कृृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयमा पनि दियो । एक्सपान्सन अफ इन्टरनेशनल एप्रोन (एयरपोर्ट विस्तार), ट्याक्सी वे लगायतका कार्यको निर्माणका लागि भएको ठेक्कामा अनियमितता भएको उजुरीमा पर्यटन मन्त्रालयले समेत छानबिन नगरी गुपचुप राख्ने काम गरेको थियो ।

    अधिकारीमाथि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा पनि चिनियाँ ठेकेदारसँग सेटिङ गरी लागत दोब्बर बढाएर करोडौ लाभ लिएको आरोप छ ।

    पोखराको विमानस्थलको लागत दोब्बर बढाएर ठेक्का लिएको चाइनीज कम्पनीले सिंचाईको लागि कुलोको समेत ब्यवस्थापन नगरेको स्थानीयको गुनासोपछि पर्यटन मन्त्री प्रेम आलेले चिनियाँ ठेकेदारलाई बोलाएर कुलोको पानी एयरपोर्टमा नआउनेगरी ब्यवस्थापन नगरेसम्म भुक्तानी नगर्न प्राधिकरणका अधिकारीलाई निर्देशन दिनुपरेको थियो । मन्त्री आले २०७८ मंसिर १७ गते पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको निरीक्षण गर्न जाँदा चिनियाँ ठेकेदार कम्पनी सीएएमसका प्रतिनिधि नै नआएपछि उनले सोधीखोजी गरेका थिए ।

    मन्त्री आलेले विमानस्थल निर्माणमा लापरबाही गरेको देखिएपछि ठेकेदारका प्रतिनिधिको खोजी गरेका थिए । तर, ठेकेदारलाई खोजी गर्दा पनि उपस्थित नभएपछि उनले विमानस्थलमा सिंचाईका लागि खनिएको कुलोबाट पानी विमानस्थलमा नआउने गरी स्थायी संरचना नबनाएसम्म भुक्तानी नदिन निर्देशन दिएका थिए । पोखरा विमानस्थल चीनको एक्जिम ब्याङ्कको ऋण तथा अनुदान सहयोगमा करिब २२ अर्ब रुपियाँको निर्माण भएको हो ।

    जबकि भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागत पहिलो चरणको ९ अर्ब र दोस्रो चरणमा १० अर्ब खर्च हुने अनुमान गरिएको छ । पोखरादेखि भैरहवा विमानस्थलको ठेक्का प्रक्रियादेखि लाइटिङ र माटो पुर्ने लगायतका हरेक काममा प्रदीप अधिकारीले करोडौंको भ्रष्टाचार गरेको स्रोतको दावी छ ।

    को हुन् ‘बतास समूहका मालिक आनन्दराज बतास ?

    बतास समूहका मालिक आनन्दराज बतासको घरजग्गा कारोबारदेखि मोटर पार्टस्, शोरूम, जलविद्युत आयोजना, होटल, रेस्टुरेन्ट लगायत १६ वटा कम्पनीहरु रहेका छन्।

    यी कम्पनीले बतासलाई तीन दशकमै अर्बौंको मालिक बनाइदिएको छ । आफ्नो व्यावसायिक यात्रामा बतासले जहाँ जहाँ हात हाले, तीमध्ये धेरै विवादित छन्। बाहिर खासै नदेखिने र मिडियाबाट टाढै बस्ने बतास पोखराका स्थानीय हुन् । सानैबाट व्यवसायमा हात हालेका उनी धनी बन्नका लागि नै निकै दुख गरेको बताउँछन्।

    बतासका अनुसार अहिले उनको कम्पनीमा ११ सय कर्मचारी रहेका छन् । २०४१ सालमा नेपाल बैंकबाट ५६ हजार ऋण लिएर आफ्नु व्यवसाय शुरु गरेका थिए। पोखरास्थित गण्डकी बोर्डिङ स्कुल पढेका आनन्दराजले २०४० सालमा एसएलसी दिएका थिए । त्यसपछि व्यावसायिक क्षेत्रमा लागेका उनि खासै पछाडि फर्केर हेर्नु परेको छैन।

    आनन्दराजले एसएलसीलगत्तै पोखराको पृथ्वीचोकमा करिब ५० हजार रूपैयाँ लगानी गरेर टेलिफोन सेवाको व्यवसाय थालेका थिए । यस टेलिकमबाट निकै राम्रो हुँदै गएपछि पोखरामै उनले सय वटा ‘पब्लिक कम्युनिकेसन अफिस’ खोले । व्यवसायमा निकै राम्रो हात पर्दै गएपछि फेरि उनले ७ लाख ऋण लिएर आफ्नै नामको होटल खोलेका थिए।

    त्योसँगै उनले कपडा व्यवसायमा हात पनि हात हाले तर टेलिफोन सेवाजस्तो फेन्सी पसल चलेन र उनले पसल बेचिदिए । फेन्सी पसल बन्द गरेर बतासले पोखरामै कपडा पसल खोले आफ्नो गाउँ तनहुँमा रहेका बुबालाई पोखरा बोलाए र कपडा पसलको जिम्मा लगाएर आफु भने होटलतिर लागे। होटल चलाउँदा चलाउँदै बतासले पोखराका लागि मारूती गाडीको डिलरसिप खुल्न लागेको थाहा पाए । उनले उक्त डिलरसिप लिने प्रयास गरे र सफल पनि भए।

    निकै लामो संघर्ष पोखरामा गरेका बतास करिब १२ वर्ष बिताएपछि काठमाडौं हानिए । सामान्य परिवारमा जन्मेका बतास यहाँसम्म आइपुग्न आफ्ना तीन दाजुभाइको हात रहेको छ।आनन्दराजका माइला भाइ शान्तराज काठमाडौंको व्यवसाय हेर्छन् भने कान्छा भाइ विपेन्द्रराज पोखरामै बस्छन्। परिवारका सबै सदस्य व्यवसायमै आबद्ध रहेको उनी बताउँछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार