Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • विवादमा मन्त्री आले

    एमालेका सांसद भीम रावल र शान्ता चौधरीले मागे पर्यटनमन्त्री आलेको राजिनामा

    एमालेका सांसद भीम रावल र शान्ता चौधरीले मागे पर्यटनमन्त्री आलेको राजिनामा

    अनलाइन नेपाल
  • मंगलबार, ३ फाल्गुन २०७८
  • 2.7K
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले विवादमा मुछिएका छन् । मन्त्री आलेले भारतमा रहेका भनिएका एक जना एमाले कार्यकतालाई उठाउने (अपहरण) गर्ने धम्की दिएपछि विवादमा मुछिएका हुन्। उनको यो अभिव्यक्तिपछि चोतर्फी आलोचना भएको छ ।

    एमाले नेता भीम रावलले मन्त्री आलेको प्रसङलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा र सोही पार्टीका अध्यक्ष माधव नेपाललाई ध्यानाकर्षण समेत गरेका छन्।



    ‘पदीय मर्यादा, सामाजिक शिष्टता, नैतिकता र कानूनको समेत खिल्ली उडाउने मन्त्रीलाई प्रम देउवा र नेकपा (एस) का अध्यक्ष माधव नेपालले पदमा राखिरहनु हुन्छ भने उहाँहरूमाथि पनि जनताले गम्भीर प्रश्न उठाउनु पर्ने हुन्छ, ‘ रावलले लेखेका छन्, ‘हेरौं उहाँहरू जनता, समाज र कानूनप्रति कति जिम्मेवार हुनुहुँदो रहेछ ?’




    यस्तै, एमालेकी सांसद शान्ता चौधरीले पनि आलेको उक्त धम्कीको आलोचना गरेकी छिन् । ‘हद नाघेर अश्लिल बोल्ने आमालाई समेत जोडेर धावा बोल्ने प्रेम आलेलाई तुरुन्त बर्खास्त गर’ भन्दै सामाजिक सञ्जालवाट उनको राजिनामा माग गरेकी छिन् ।


    मन्त्री आले र ती युवाबीचको संवाद एमाले कार्यकर्ता जगत ओलीकाे फेसबुकबाट सार्वजनिक भएसँगै सामाजिक संजालभर उनको राजिनामाको माग उठेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार