Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बैंकिङ कसूर मुद्धाका फरार तामाङ महाशाखाको फन्दामा

    बैंकिङ कसूर मुद्धाका फरार तामाङ महाशाखाको फन्दामा

    अनलाइन नेपाल
  • बुधबार, ४ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ । महानगरीय अपराध महाशाखाले बैकिङ कसुर मुद्धामा अदालतबाट पक्राउ पूर्जी जारी भएपछि फरार भएका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा दोलखा जिल्ला बिगु गाउँपालिका-३ घर भइ हाल काठमाडौँ ठूलो भर्याङ बस्ने ३८ बर्षीय मोहन तामाङ रहेका छन्।



    तामाङ्लाई महाशाखाको टोलीले मंगलबार बौद्धबाट पक्राउ गरेको हो।



    महाशाखाका अनुसार जिल्ला अदालत काठमाडौँले तामाङविरुद्ध गत पौष १२ गते प्रतिवादी सुमन कार्की समेतको लिखत सम्बन्धी कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो।

    उनलाई फैसला कार्यन्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेस गरिएको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार