Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • सर्लाही र बाराबाट लागूआषौधसहित तीन जना पक्राउ

    सर्लाही र बाराबाट लागूआषौधसहित तीन जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ५ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    जनकपुरधाम । मधेश प्रदेशको छुट्टाछुट्टै ठाउँबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थमा सर्लाहीको मलंगवा नगरपालिका वडा नम्वर ८ बाट लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा जिल्लाको हरिपुर नगरपालिका वडा नम्वर ६ बस्ने २० वर्षीय रबि कुमार साह रहेका छन् । उनलाई प्रहरीचौकी गोरखकालीबाट खटिएको प्रहरी टोलीले शंका लागेपछि चेक जाँच गर्ने क्रममा उनको साथबाट कोरेक्स १ बोतल, नाइट्रोभेट ९०० पिस, डाइलेक्सडीसी १ बोतल बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।



    यस्तै, बाराबाट पनि प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बस्ने ३१ वर्षीय अनुपन लामा र वडा नम्बर १३ बस्ने ३१ वर्षीय विजय श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनएको छ ।



    बुधबार राति जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ थानिमाईस्थित भित्री सडकखण्डबाट लागूऔषधसहित उनीहरूलाई पक्राउ गरिएको हो ।

    वीरगञ्जबाट हेटौंडातर्फ जाँदै गरेका उनीहरू चढेको बा ३९ प ४५५४ नम्बरको मोटरसाइकलको सिटमुनि एयर फिल्टरमा लुकाएर राखिएको अवस्थामा लागूऔषध बरामद भएको बारा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

    लागूऔषध कोडीवेल एक सय एमएलको ११ पिस, ८ पत्ता नित्राजेपाम, नुफिन, फेनारगन र डाइजेपाम सुई ५-५ थान बरामद भएको उनले बताए । उनीहरू विरुद्ध लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार