Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • पाँच दलीय गठबन्धनबाट अलग भएको राष्ट्रिय जनमोर्चाको घोषणा

    पाँच दलीय गठबन्धनबाट अलग भएको राष्ट्रिय जनमोर्चाको घोषणा

    अनलाइन नेपाल
  • सोमबार, १६ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । एमसीसी सम्झौता पारित भएपछि राष्ट्रिय जनमोर्चाले पाँच दलीय गठबन्धनबाट अलग भएको घोषणा गरेको छ ।

    जनमोर्चाको सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले अधिकांश जनता एमसीसीको विपक्षमा सडकमा हुँदाहुँदै जनतालाई झालझेल पारेर एमसीसी पास गर्नु नै दीर्घकालिन क्षति भएको जनाएको छ।



    ‘हाम्रो पार्टी बाहेकका चार पार्टीले एमसीसीलाई संसद‍्द्वारा पारित गराउन गरेको षड्यन्त्र, जालझेल, तिकडम र साम्राज्यवादीहरूको दलाली तथा पृष्ठपोषण गर्ने काम गरेको हुनाले पाँच दलीय गठबन्धन देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताकोविरुद्ध खडा भएको स्थितिमा पाँच दलीय गठबन्धनलाई कायम राखिरहनु पर्ने औचित्य समाप्त भएको छ ।’ जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।



    साथै, राष्ट्रिय जनमोर्चाले एमसीसीको विरोधमा यही फागुन १९ देखि २२ गतेसम्म देशव्यापी जिल्ला तथा स्थानीय स्तरमा विरोध सभा गर्ने जनाएको छ ।

    यसअघि पनि जनमोर्चाले गठबन्धनको बैठकमा अनुपस्थिति जनाउँदै आएको थियो । एमसीसी राष्ट्रहित रहेको जनमोर्चाको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार