Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • यमनमा खाद्यान्नको अभाव, सहयोगका लागि संयुक्त राष्ट्रसङ्घको अपिल

    यमनमा खाद्यान्नको अभाव, सहयोगका लागि संयुक्त राष्ट्रसङ्घको अपिल

    अनलाइन नेपाल
  • मंगलबार, १ चैत्र २०७८
  • 813
    SHARES

    फाइल फोटो

    काठमाडौँ । केही वर्षयतादेखि द्धन्द्धमा फसेको यमनमा खाद्यान्नलगायत अन्य आधारभूत आवश्यकताहरुको खाँचो हुदै गएको सम्बद्ध निकायहरुले बताएका छन् । ती निकायहरुका अनुसार त्यहाँका नागरिक खाद्यान्न अभावमा परेका छन् । पहिलेका वर्षहरुका तुलनामा खाद्यान्नको अभावमा परेका यहाँका नागरिकको सङ्ख्या यसवर्ष पाँच गुणा बढेको पनि बताइएको छ ।

    राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन ९एफएओ०ले यहाँका नागरिकका लागि अब खाद्यान्न नरहेको भन्दै तत्कालै आवश्यकता पूर्ति गर्नुपर्ने बताएको छ ।केही हप्तामात्र अघि पनि संयुक्त राष्ट्रसङ्घीय बालकोष ९युनिसेफ० ले खाद्यान्न तथा आवश्यक पोषणका अभावमा त्यहाँका बालबालिका विरामी पर्न थालेका भन्दै आवश्यक सहयोगका लागि विश्व समुदायलाई आग्रह गरेको थियो ।



    यमनमा यस वर्ष चरम खाद्यान्न अभावमा रहेका व्यक्तिहरूको सङ्ख्या लाखौँ हुने बताइएको छ । खाद्यान्न सङ्कटको तीव्र वृद्धिलाई चिन्ताजनक भन्दै यमनका लागि सहायता जुटाउन संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले सबैसँग आह्ववान गरेका छन् ।



    द्वन्द्वग्रस्त यमनमा पहिल्यैदेखि रहेको खाद्य सङ्कट थप जटिल बन्ने प्रक्षेपण गरिएकोमा पछिल्लो समयमा रुस र युक्रेनको द्धन्द्धका कारण पनि पुनः त्यहाँका नागरिकमा यस्तो संकट बढ्नसक्ने भन्दै सहयोगका लागि उनले आग्रह गरेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार